पत्रकारिता क्षेत्रलाई विशुद्ध र मजबुत बनाउदै लैजाने सिएमएस अध्यक्ष नेपालीको प्रतिवद्धता

रमादेवी सापकोटा । असनेपाल न्यूज, काठमाडौ। ख्रीष्टियन मिडिया सोसाइटी (सिएमएस) को अध्यक्ष सुमित नेपालीले देशभरिका ख्रीष्टियन पत्रकारहरुलाई एकिकृत गराउदै  पत्रकारिता क्षेत्रलाई अझ विशुद्ध र मजबुत बनाउदै लैजाने प्रतिवद्धता जाहेर गरेका छन ।

गुड न्यूज मिडिया प्रा.लि.का सञ्चालक समेत रहेका नेपालीले अध्यक्षमा निर्वाचित भएपछि अल्पसंख्यक धार्मिक समूदाय ख्रीष्टियनहरुको हक र हितको संरक्षण गर्नुका साथै ख्रीष्टिएनको नाममा विकृति फैलाउने समूह तथा व्यक्त्तिहरुको प्रतिवाद गरिने बताएका हुन ।

ललितपुरको भैसेपाटीस्थित ब्यांक्वेट युनिटी क्याफेमा आयोजित सोसाइटीका संस्थापक सदस्य दिनेश श्रेष्ठको संयोजकत्वमा आइतबार बसेको उपत्यकाव्यापि ख्रीष्टियन पत्रकारहरुको भेलाले नेपालीको अध्यक्षतामा नौ सदस्यीय कार्यसमती गठन गरेको हो । यधपि कार्यसमितिको सचिब पद भने केही समयको लागि रिक्त्त रहेको छ ।

सिएमएसको अन्य पदाधिकारीहरुमा विश्वास थापा उपाध्यक्ष, कुमार सुनाम अब्राहम, सह सचिव र विजय लुङ्गेली कोषाध्यक्ष पदमा नियुक्त भएका छन भने सदस्यहरुमा हरि जिज्ञासु, सञ्जय बर्मा, पुनम पाँचकोटी र सुनिलराज लामा रहेका छन् ।

सिएमएससको अध्यक्ष पदको लागि निर्वाचन गरिएको यो पहिलो अध्यास हो ।

नव निर्वाचित कार्यसमिती सदस्यहरुले ख्रीष्टियन समुदायको लागि निरन्तर आवाज उठाउने र मिडियाद्धारा परमेश्वरको महिमा हुने काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।

सोसाइटीका संस्थापक दिनेश श्रेष्ठले विगतका कमिकमजोरीहरुलाई महशुस गर्दै नँया रणनीतिका साथ एकताबद्ध भई राष्ट र आफ्नो समूदायको लागि पूर्ण योगदान दिनुपर्नेमा जोड दिए ।

कार्यक्रमका प्रमुख अतिथ पत्रकार महासंघ ललितपुरका सदस्य माधव प्रसाद घिमिरेले अन्य पत्रकार संघ संगठन जस्तै ख्रीष्टियन पत्रकारहरु पनि नेपाल पत्रकार महासंघसँगै आवद्ध भई आफ्नो पेशागत लाभ उठाउन प्रोत्साहन गरे ।

गुड न्युज एफएम प्रालिका पूर्व संचालक तथा पत्रकार कुमारसिंह बिष्टले सिएमएसले विगतका कमिकमजोरीहरुलाई सच्याउदै आगामि दिनहरुमा वैधानिक रुपले एकिकृत र सांगठनिक रुपमा सक्रिय भएर अघि बढ्न सल्लाह र सुझाव दिए ।

कार्यक्रममा पत्रकार भुवन देवकोटाले ख्रीष्टियन पत्रकारहरु स्वस्थ प्रतिस्पर्धाका साथ आँफै पनि जिम्मेवार र परिस्क्रित हुँदै जानुपर्नेमा जोड दिए ।
कार्यक्रममा गुड न्युज एफएम प्रालिको पूर्व कार्यक्रम संचालिका तथा पत्रकार निलिमा कोइरालाले ख्रीष्टियन मिडियाका रणनीतिका बिषयहरु प्रस्तुत गरेकी थिइन् ।

केशब लुइटेल संस्थापक अध्यक्ष रहेको ख्रीष्टियन मिडिया सोसाइटीको अघिल्लो कार्य समितिलाई विघटन गर्दै नयाँ कार्यसमिति चयन गरीएको हो ।

देश भारिका इसाई पत्रकारहरुलाई संगठित गराई इसाई समुदायको हक र अधिकार लगायका बिषयमा आवाज उठान गर्ने उद्देश्यले यसअघि सोसाइटीको प्रथम भेला २०७३ सालमा स्थापना गरिएको थियो ।

सम्बन्धित शिर्षकहरु