मोडल छोरीको न्युज फोटो छापिएपछि बाबुद्वारा आत्महत्या

एक युवतीले मोडलिङ जगतमा कदम राखेपछि एउटा म्यागजिनकालागि फोटोसूट गराइन् । फोटोसूट गराएपछि आफ्नी छोरीले गरेको काम मन नपरेका कारण आत्महत्या गरेका छन् ।
मोडल बनेकी युवतीले म्यागजिनका लागि न्युड फोटोसूट गराएकी थिइन्। उक्त न्युड तस्वीर रोमानियाको एउटा पुरुष प्रधान पत्रिकामा छापिएको थियो। त्यो देखेर उनका पिताले आत्महत्या गरेका हुन्।
एक अंग्रेजी वेभसाइटका अनुसार मोडल लोरेन्डा चीभुले भनिन्–कुनै समय म आफ्नो पिताको निकै नजिक थिएँ । तर, तस्वीर प्रकाशन भएपछि हाम्रो सम्बन्ध खराब हुँदै गयो। मेरा पिताले मसँग बोल्न छोड्नुभयो।  तर मलाई थोरै पनि शंका थिएन कि उहाँले आफ्नो जीवन नै त्याग गर्नुहुनेछ।
लोरेन्डाका अनुसार अहिले पनि विश्वास छैन कि उनको यो कामबाट पिता यति धेरै रुष्ट बन्नेछन्। लोरेन्डाले भनिन्–मेरा पिताले तस्वीर देखेपछि परिवारका अन्य सदस्यसँग पनि दूरी बनाएका थिए । तस्वीर प्रकाशन भएको केही महिनापछि जब उनी आफ्नो पितालाई मनाउन पुगिन् तब उनले पिताको लाश भेटिन् ।
उनी भन्छिन्, म यो घटनाबाट बाहिर आउनै सकेकी छैन। उनका पिताले कुनै सुसाइड नोट पनि छाडेका छैनन्। वरपरका छिमेकीहरु भने अन्तिम समयसम्म पनि उनी निकै खुस देखिएको बताउँछन् । यद्यपि लोरेन्डाको पिताको मृत्यु अझै रहस्यमय छ । उनको मृत्युका विषयमा केही पनि स्पष्ट हुन सकेको छैन ।
२५ वर्षीया मोडल लोरेन्डा रोमानियाको राजधानी बुकारेस्टमा बस्छिन्। यो घटनापछि लोरेन्डाले निकै नराम्रा सपनाहरु देख्ने गरेकी छन्। उनी पिताको लाश भेटिएको घटनाले तनावमा छिन्। किनभने उनलाई लागिरहेको छ कि आफ्नो पिताले तस्वीरका कारण आत्महत्या गरे ।
उनी आफ्नो पिताको निकै निकट थिइन्। हरेक दिन पितासँग कुरा गर्थिइन्।तर, तस्वीर छापिएपछि उनले कुरा गर्न बन्द गरेका थिए । उनले भनिन्–म चाहँदिन कि अरु कसैलाई पनि यस्तो होस्। किनभने उनका पिताले कहिल्यै महशुस हुन दिएनन् कि उनी यति धेरै भावुक र कमजोर छन् जो छोरीको काम हेर्न सक्दैनन्। एजेन्सी, तस्वीरः सिम्बोलिक

सम्बन्धित शिर्षकहरु