साउन ७, काठमाडौं । माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले आफूले ‘जनयुद्ध’ नलडेको विषय पार्टीभित्र कहिलेसम्म प्रस्टीकरण दिनुपर्ने भन्दै असन्तुष्टि जनाएका छन् । पार्टीभित्र बन्दुक बोकेका र नबोकेका भनी पटक–पटक घोचपेच चलेकोप्रति असन्तुष्टि जनाउँदै नेता श्रेठले आफूले बन्दुक नबोकेको विषय पार्टीभित्र कहिलेसम्म जवाफ दिइरहनुपर्ने जानकारी दिन आग्रह गरेका छन् । माओवादी सचिवालयको जारी बैठकमा शुक्रबार धारणा व्यक्त गर्ने क्रममा वरिष्ठ नेता श्रेष्ठले कि पार्टी एकता ठीक छैन भन्नुपर्यो होइन भने बन्दुक बोकेको र नबोकेको भनी दुई जातिको नेता–कार्यकर्ताको व्यवहार देखाउन नहुने बताए । शान्तिप्रक्रियामा आएपछि एकताका नाममा बन्दुक नबोक्नेलाई पार्टीमा सहभागी गराउँदा लथालिंग हुन पुगेको टिप्पणी केही नेताले गरेपछि श्रेष्ठको आक्रोश सार्वजनिक भएको हो । आजको अन्नपूर्ण पोस्ट दैनिकले खबर छापेको छ ।
सम्बन्धित शिर्षकहरु
गर्भ बसेपछि प्रेमिकाको हत्या
पर्वत । आफ्नै प्रेमिकालाई हत्या गरी कालीगण्डकी नदीमा फाल्ने एक युवक प्रहरीद्वारा पक्राउ परेका छन् । पर्वत […]
नेपालको अगुवाईमा विश्वभर विश्व ध्यान दिवस सम्पन ,हजारौंको सहभागिता (Photo Feature )
असनेपालन्युज ,राम भक्त्त घिमिरे । धर्ती जगमगाएको दिवस। विश्व गुरु देश नेपालको अर्को एक उचाई । विश्व […]
ठेकेदारले स्थानीय तह निर्वाचनमा लड्न नपाउने
काठमाडौँ। स्थानीय तहको ठेक्कापट्टामा संलग्न रहेका व्यक्ति उम्मेदवार हुनबाट बञ्चित हुने भएका छन् । […]
फुटिसकेको नेकपा जुटाउन चिनियाँ टोलीको दौडधूप
काठमाडौं । नेपालमा प्रतिनिधिसभा विघटनसँगै नेकपा फुटेका बेला चीनले पहिलो पटक नेपालको राजनीतिक मामिलाको विषयमा […]
जातीय विभेदको अन्त्य राजनीतिक हस्तक्षेपबाट मात्र सम्भव
छुवाछुतमुक्त राष्ट्र घोषणाको सन्दर्भ : ऐतिहासिक जनआन्दोलन तथा जनक्रान्ति सम्पन्न भएका ठूला मुलुकमा दलितजस्ता […]
प्रधानमन्त्रीको उपचार अब कसरी- डायलाइसिस कि प्रत्यारोपण ?
काठमाडौं । मिर्गौलाले काम गर्न छाडेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार अब कसरी गर्ने भन्नेबारे आइतबार […]


