काबुलको दूतावास अस्थायी रूपमा बन्द गर्ने अस्ट्रेलियाको निर्णय

अस्ट्रेलिया। अस्ट्रेलियाले अफगानिस्ताको काबुलमा रहेको आफ्नो दूतावास बन्द गर्ने निर्णय गरेको छ।

अमेरिकी नेतृत्वको सैनिक टोली अफगानिस्तानबाट फर्कने भएपछि सुरक्षाको कारण देखाउँदै मंगलबार अस्ट्रेलियाले अस्थायी रूपमा दूतावास बन्द गर्ने निर्णय गरेको हो।

काबुलमा दूतावास बन्द गर्ने अस्ट्रेलिया सरकारको निर्णयको आलोचना हुन थालेको छ। यसले अफगानी सरकारमाथिको अविश्वास बढ्ने हुनाले दूतावास बन्द गर्न नहुनले कतिपय कूटनीतिज्ञको भनाइ छ।

सम्बन्धित शिर्षकहरु