एकैदिन ६ लाख ६१ हजार बढी संक्रमित थपिए, करिब दस हजारको मृत्यु

काठमाडौं । कोरोना भाइरसको दोस्रो लहरले विश्वलाई फेरि एकपटक अक्रान्त बनाएको छ। पछिल्लो २४ घन्टामा ६ लाख ६१ हजार बढी संक्रमित थपिएका छन्। त्यस्तै एकैदिन ९ हजार ९१६ जनाको मृत्यु भएको छ।

पछिल्लो २४ घन्टामा सबैभन्दा धेरै भारतमा २ लाख ५६ हजार, अमेरिकामा ५१ हजार र ब्राजिलमा ३४ हजार बढी संक्रमित थपिएका हुन्। त्यस्तै मृत्यु हुनेमा पनि सबैभन्दा धेरै भारतमा १७५७, ब्राजिलमा १६०७ र अमेरिकामा ४९८ जना रहेको छ।

सम्बन्धित शिर्षकहरु