काठमाडौं । बार्सिलोनाले स्पेनिस कोपा डेल रे को उपाधि जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा एथलेटिक बिल्बाओलाई ४-० गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले कोपाको उपाधि जितेको हो ।
बार्सिलोनाको जितमा लियोनेल मेसीले २ गोल गरेका थिए भने एन्टोनी ग्रीज म्यान र फ्रेन्की डी जोंगले एक एक गोल गरेका थिए ।
बार्सिलोनाले यस अघि खेलेको एल क्लासिको गारेपछि उत्कृष्ट पुनरागमन गर्दै कोपाको उपाधि जितेको छ । यस सिजनमा बार्सिलोनामा सम्झौता सकिन लागेका मेसी क्लबमा रहने या नरहने भन्ने विषमा अन्योल भइरहेका बेला उत्कृष्ट प्रदर्शन गर्दै उनले बार्सिलोनालाई थप एक उपाधि जिताएका छन् ।
बार्सिलोनाको यो ३१औ कोपा उपाधि हो । बार्सिलोना अहिलेसम्म सबैभन्दा धेरै पटक कोपाको उपाधि जित्ने टिम पनि हो । बार्सिलोनापछि एथलेटिक बिल्बाओले २३ पटक यो उपाधि जितेको छ । त्यस्तै रियल म्याड्रिडले १९ पटक र एथलेटिको म्याड्रिडले १० पटक कोपाको उपाधि जितेको छ । तर रियल म्याड्रिडले भने २०१२-१३ यता कोपाको उपाधि जित्न सकेको छैन ।








