अष्ट्रेलियालाई आफ्नो कर्मथलोबनाएर गीत संगितमा लागिरहेका रामाकान्त न्यौपानेको गीत सार्बजनिक भएको छ। सो गीतको म्युजिक भिडीयो प्रेम, द्वन्द र त्यागको कथामा आधारित रहेको छ भने सो गीतको नाम “साह्रै दिल बस्यो”रहेको छ। रोशन सिंह र जीना रसाइलीको स्वरमा सजिएको गीतलाई रामाकान्त न्यौपानेले लेखेकाहुन।
भिडियोमा रमेश अधिकारी, रोसन सिंह र अरनबी ढुंगानाको मुख्य अभिनय रहेको छ । विक्रम चौहानले निर्देशन गरेको भिडियो नमस्ते प्लस युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । प्रकाश खड्काले आकर्षक फ्रेममा खिचेको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन, भिएफएक्स एवम् कलरिङ गरेका हुन् ।
सो गीत हेर्नको निम्ती तलको लिंक क्लिक गर्न सक्नुहुनेछ।https://youtu.be/p8slXOlS2dE







