विश्वमा कोभिड-१९: एकैदिन थपिए ६ लाख ६७ हजार संक्रमित

काठमाडौं। विश्वमा कोरोना भाइरस संक्रमितको संख्या ६ करोड ६१ लाख ९४ हजार ३०३ पुगेको छ।

पछिल्लो २४ घण्टामा ६ लाख ६७ हजार ३६१ संक्रमित थपिएको वर्ल्डाेमिटर्सले जनाएको छ।

विश्वमा हालसम्म १५ लाख २३ हजार ३४८ संक्रमितको मृत्यु भइसकेको छ।

पछिल्लो २४ घण्टामा ११ हजार ९१२ जनाको मृत्यु भएको हो।

यस्तै कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या एक करोड ८८ लाख ८८ हजार ७३९ छ। त्यसमध्ये एक लाख ६ हजार ७१ गम्भीर अवस्थाका छन्।

यस्तै संक्रमणमुक्त हुनेको संख्या चार करोड ५७ लाख ८२ हजार २१६ पुगेको छ।

सम्बन्धित शिर्षकहरु