नेप्से परिसूचक सामान्य अंकले घट्यो, १ अर्ब ९८ करोड बढीको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक सामान्य अंकले घटेको छ ।

बुधबार २१.१० अंकले बढेको बजार बन्द भएको नेप्से परिसूचक बिहिबार ४ अंकले घटेर १४५८.०३ बिन्दुमा पुगेको हो ।

यसदिन १८८ कम्पनीको १ अर्ब ९८ करोड १७ लाख ६१ हजार ५० रुपैयाँ बराबरको कारोबार भएको छ । ४९ लाख ६७ हजार ४०३ कित्ता सेयर किनबेच भएका छन् ।

कारोबारमा आएका १२ वटा समूहमध्ये ३ वटा समूहको परिसूचक उकालो लागेका छन् भने ९ समूहको परिसूचक ओरालो लागेका छन् ।

सम्बन्धित शिर्षकहरु