पत्नीको लाठी प्रहारबाट पतिको मृत्यु

भदौ ९,दोलखा। एक ८३ वर्षीय वृद्धको आफ्नी पत्नीको लाठी प्रहारबाट मृत्यु भएको छ । मेलुङ गाउँपालिका वडा नम्बर–४ का कर्णबहादुर तामाङको पिटाइबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

कर्णबहादुरलाई उनकी ६० वर्षीया पत्नी सन्जी तामाङले लाठी प्रहार गर्दा मृत्यु भएको हो ।

बिहीबार बेलुका अत्यधिक मदिरा सेवन गरी घर पुगेका कर्णबहादुरले बुहारी विपना थोकरसँग फेरि मदिरा मागेका थिए । बुहारी विपनाले उनलाई मदिरा नदिएपछि कर्णबहादुरले बुहारीलाई उल्टै पिट्न लागे ।

बुहारी पिट्न थालेपछि कर्णबहादुरलाई सन्जीले लाठीले हिर्काउँदा चोटपटक लागेर उनको ज्यान गएको प्रहरीले जनाएको छ ।

घटनापछि प्रहरीले अभियुक्त सन्जी तामाङलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

सम्बन्धित शिर्षकहरु