अष्ट्रेलिया । अष्ट्रेलियामा एकैदिन कीर्तिमानी संख्यामा कोरोना भाइरस संक्रमित फेला परेका छन्।
रोयटर्समा प्रकाशित समाचारका अनुसार सोमबार कीर्तिमानी संख्यामा संक्रमित थपिएपनि संक्रमणको ‘हटस्पट’मा भने त्यो संख्यामा कमी आएको छ।
संक्रमणको हटस्पट भिक्टोरिया राज्यमा दुई सातायताकै कम संक्रमित फेला परेका छन्।
दोश्रो लहरको इपिसेन्टर बनेको भिक्टोरिया राज्यका अधिकारीहरूले पछिल्लो २४ घण्टामा त्यहाँ कोरोनाका कारण १९ जनाको मृत्यु भएको जनाएका छन्।
यो सँगै अष्ट्रेलियामा कोरोना भाइरसको कारण ज्यान गुमाउनेको संख्या २९५ पुगेको छ । अष्ट्रेलियामा थप ३८६जना कोरोना संक्रमित थपिएको छन् ।
यो सँगै अष्ट्रेलियामा कोरोना सक्रमितको संख्या २१ हजार ८४ पुगेको छ । त्यस्तै निको हुनेको संख्या ११ हजार ५६१ रहेको छ । अष्ट्रेलिया सरकारले कोरोना रोकथामका लागि उच्च सर्तकता अपनाउन आग्रह गर्दे आएको छ।








