शब्द लहर अँक-7
******************************************** 

तड्पिएका आँखाहरु, बाटो उनकै हेरी
झुल्किएको धरतीमा, जुन आज फेरि
छुट्टीए’सी दिन हैन, बिते जुग कति
भुल्न पनि थालिएछ, समयको गती
मुस्कुराउँदै कालो केश, चुल्ठो पारी बेरी
झुल्किएको धरतीमा, जुन आज फेरि
उजेलो भो’ हृदय नै, छायो नयाँ रँग
मन भन्छ सँधै जुनी, बितोस् उनीसँग
बदलिएझैं भो’ संसार नै, उनी आउँदाखेरि
झुल्किएको धरतीमा, जुन आज फेरि
सम्झिन यी ढुकढुकीमै, लागें उनलाई
जति भेटें देउता ती, मागें उनलाई
कस्तो होला दिन सुनौलो, हुँदा उनी मेरी
झुल्किएको धरतीमा, जुन आज फेरि …
*************************************
*************************************
– प्रविण टण्डन “वसन्तप्रवीण”
सुझाव/प्रतिकृयाका लागि: basantaprabin@gmail.com







