काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट एक युवकको मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टिनमा आइतबार मृत्यु भएका २५ वर्षीय युवकमा पनि कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो। वैशाख ३० गते भारतको मुम्बईबाट आएर क्वारेन्टिनमा बसेका थिए ।
यसअघि बिहीबार मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया महिलामा पनि कोरोनाको संक्रमण पुष्टि भएको थियो।








