नेपालमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५१ पुग्यो

काठमाडौं। नेपालमा थप दुई जनामा कोरोनाभाइरसको संक्रमण भेटिएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा वीरगञ्जका दुई जना पुरुषमा कोरोनाको सङ्क्रमण भएको पाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । दुवै जना ५० वर्ष उमेरका हुन् ।

योसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या ५१ पुगेको छ । १२ जना निको भएर डिस्चार्ज भएका छन् ।

सम्बन्धित शिर्षकहरु