काठमाडौं । विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाइरसको नेपालमा हालसम्म देखिएको छैन् । कोरोना भाइरसको आशंकामा नमुना परीक्षण गरेका सबैमा रिर्पोट नेगेटिभ नै रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले माघ ९ गते चीनको बुहानबाट आएका एक जनामा कोरोना संक्रमण देखिएपछि शंकास्पद व्यक्तिको नमुना प्रयोगशालामा जाँच गर्दै आएको छ। कोरोनाको त्रासमा अस्पतालहरमा भने भिडभाड नै रहदै आएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले दैनिक १५ जनाभन्दा धेरैको नमुना परीक्षण गर्दै आएको छ । प्रयोगशालाका अनुसार हरेक दिन १५ जनासम्म कोरोना आशंकामा विभिन्न निजी तथा सरकारी अस्पतालहरूले १५ जनासम्मको नमुना पठाउने गरेका छन् ।
कोरोनाको आशंकामा गरिएर कोरोना परीक्षण गर्दा इफ्लुएन्जा र हङकङ फ्लु देखिएको अस्पताल स्रोतले जनाएको छ । कोरोना परीक्षण गरेका ३५ प्रतिशतमा मौसमी रुघाखोकीको समस्या देखिएको प्रयोगशालाकाले जनाएको छ ।
मन्त्रालयले माघ ९ गते चीनको बुहानबाट आएका एक जनामा कोरोना संक्रमण देखिएपछि शंकास्पद व्यक्तिको नमुना प्रयोगशालामा जाँच गर्दै आएको छ।
बुहानबाट आएका ती व्यक्तिको नमुना हङकङमा पठाइएको थियो। त्यसपछि भने मन्त्रालयले नेपालमा नै आवश्यक किट मार्फत कोरोना परीक्षण सुरु गरेको हो।
बुहानबाट आएका ती व्यक्तिको नमुना हङकङमा पठाइएको थियो। त्यसपछि भने मन्त्रालयले नेपालमा नै आवश्यक किट मार्फत कोरोना परीक्षण सुरु गरेको हो।








