भारतको हेपाहा व्यावहारले विराटनगरको बुधनगर क्षेत्र डुवानमा

विराटनगर । भारतले बनाएको ड्यामका कारण मोरङको विराटनगर महानगरपालिकाको १८ वडा स्थित बुधनगर डुवानमा परेको छ । सामान्य वर्षाले मात्र पानी जम्न नसक्ने यस क्षेत्र, एकीकृत भन्सार जाँच चौकी र रेल्वे लिक निर्माण गर्ने क्रममा भारतले बनाएको ड्यामका कारण डुवानमा परेको हो ।

वडाध्यक्ष राजदेव यादवले भारतले आफुहरुसँग सल्लाह नगरी आईसीपी र रेलेको लिक बिछ्याउँदा ड्याम बनाएर निकासका लागि नाला नराखेको कारण यस्तो विपत्ति भोग्नु परेको बताए ।

अध्यक्ष यादवका अनुसार स्थानीयहरुले पहिल्यै जानकारी गराएका थिए तर सरकारले यसको लागि कुनै वास्ता देखएको थिएन ।

भारतसँग सीमासँग जोडिएकोयस डुबान क्षेत्रमा बाढीको प्रभाव रोक्न भारतले रेलको लिकलाई नै ड्यामको रुपमा प्रयोग गरेको स्थानीयले बताए ।

विराटनगर १८ स्थित खोक्साहा, समादगी, लावाघाट, भेडीयारी र डाङग्रामा रहेका रोपाई भइसकेको खेत तथा अन्त खेतीयोग्य जमिन सबै डुवानमा परेका कारण याँहाका बासिन्दा चिन्तित छन ।
बिहीबार घर नजिकैको खेतमा डुबेर स्थानीय जयपाल मण्डलका ७ वर्षीय छोरा अंकुश मण्डलको मृत्यु भएको थियो ।

डुबानका कारण एक घरबाट अरुको घरसम्म पुग्न बासको पुल निर्माण गरेर प्रयोग गरिएको छ । यद्धपी निरन्तर पानी परीरहेमा यस्तो आस्थायी पुल पनि खतराजन्य नै हुन्छ ।

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली भारतले रेल्वे लिकमा बिछ्याइएको स्थानमा निकासका लागि पुल नबनाएसम्म विराटनगर– १८ मा डुवान समस्या सामधान नहुने बताए ।

उनले तत्काल संघीय सरकारलाई पुल बनाउन आफुहरुले दवाव दिने बताए ।

सम्बन्धित शिर्षकहरु