“अन्तरिम” शब्द हटाएर अहिलेकै संबिधान जारी गरौँ- देउवा

माघ २, काठमाडौँ- sher-bdr-deubaकांग्रेस नेता शेरबहादुर देउवाले अहिलेको अन्तरिम संविधानबाट ‘अन्तरिम’ हटाएर त्यसैलाई नयाँ संविधानका रुपमा जारी गर्न प्रस्ताव गर्नुभएको छ । संविधान लेखनामा दलहरुबीच सहमति नभइरहेको बेला संवैधानिक राजनीतिक तथा सहमति समितिको बैठकमा देउवाले आफ्नो व्यक्तिगत कुरा भन्दै त्यस्तो प्रस्वात ल्याउनु भएको हो ।

अन्तरिम संविधान उत्तम र  समावेशी पनि भएको भन्दै  देउवाले हालको अन्तरिम संबिधानमा कसैको बिरोध नभएकोले अन्तरिम शब्द हटाएर यहि संबिधान जारी गर्न प्रस्ताव गर्नुभएको हो  ।

देउवाको उक्त प्रस्तावलाई कांग्रेस उपसभापति रामचन्द्र पौडेलले पनि व्यक्तिगत रुपमा समर्थन जनाएको बताइएको छ । दलहरुबीच व्यापक रस्साकसीबीच अन्तरिम संविधान ०६३ सालमा जारी भएको थियो । त्यसमा आवश्यकता अनुसार दलहरुकै सहमतिमा पटक-पटक संशोधन भएको छ ।

सम्बन्धित शिर्षकहरु