काठमाडौं, आज दिउँसो ३ बजेका लागि तय गरिएको एमाले स्थायी कमिटीको बैठक अर्को दिनको लागि स्थगित गरिएको छ ।
उमेदवार मनोनय, दोस्रो चरणको निर्वाचन र समसामयिक परिस्थितिका विषयमा छलफल गर्न बोलाइएको बैठक विशेष कारणबश स्थगित भएको कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनु भयो ।
उहाँले अर्को सूचना नआएसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिनु भयो ।








