शुरु भयो गौतम बुद्द अन्तराष्ट्रिय विमानस्थल निर्माणको काम !

budda airportमाघ १, भैरहवा- भैरहवामा बन्न लागेको अन्तर्राष्ट्रय विमानस्थलकाे निर्माण अब शुरु हुनेभएको छ। बिहीवार प्रधानमन्त्री सुशील काेइरालाले शिलान्यास गरे संगै  याे विमानस्थलकाे निर्माण कार्य अगाडी बढ्ने भएको हो । 

विमानस्थलको शिल्यान्यास गर्दै कोइरालाले लुम्बिनी क्षेत्र बौद्धमार्गीहरुको महत्वपूर्ण तिर्थस्थल रहेको भन्दै अन्तर्राष्ट्रिय विमानस्थल निर्माणपछि लुम्विनी जस्तो महत्वपूर्ण क्षेत्रमा धार्मिक पर्यटन विकासको प्रशस्त सम्भावना रहेको बताउनुभयो।

नागरिक उड्यन प्राधिकरणका अनुशार ६ अर्ब २२ करोड ५१ लाखको लगानीमा बन्न लागेको विमानस्थल शिलान्यास भएको तीन वर्ष भित्रमा अन्तर्राष्ट्रिय स्तरको हुनेछ। यो विमानस्थल चिनिया ‘कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एअरपोर्ट कन्स्ट्रक्सनले निर्माण गर्ने भएको हो। एसियाली विकास बैंकको ऋण सहयोगमा यो विमानस्थल स्तरोन्नति गरी अन्तर्राष्ट्रिय स्तरको बनाउन लागिएको हो।

 हाल १५ सय मिटरको धावनमार्गमा सञ्चालन भइरहेको आन्तरिक विमानस्थललाई तीन हजार मिटरको धावनमार्ग सहित वाइड बडीका जहाज अवतण गर्न सकिने गरी अन्तर्राष्ट्रिय स्तरको बनाउने योजना रहेको छ।

प्राधिकरणले यो विमानस्थल स्तरोन्नति गर्न आठ अर्ब ५५ करोड रुपैया“ लाग्ने प्रारम्भिक अनुमान गरेको छ। जसमध्ये पहिलो चरण्ँको सिभिल वर्कको काम सकिएपछि इक्युपमेन्टका लागि पुन : ग्लोबल टेन्डर हुने पनि प्राधिकरण्ँको भनाइ छ। भौतिक पूर्वाधारको निर्माण्ँ अन्तर्गत तीन हजार मिटरको धावनमार्ग, धाग्रा खोलाको डाइभर्सन, पार्किङ वे, टमिर्नल भवन लगायतका संरचना बन्ने भएको छ।

त्यस्तै विमानस्थलको सिभिल वर्कको काममा आन्तरिक टमिर्नल भवन, ६ मध्ये दुईवटा जहाजका लागि एप्रोन, कार्गो भवन सहितका पूर्वाधार भने प्राधिकरणआफैंले निर्माण गर्ने जनाईएको छ। यो विमानस्थलको स्तरोन्नति पश्चात् काठमाडौं आउने अन्तर्राष्ट्रिय उडानका जहाज भैरहवा अवतरण गर्ने विकल्प तयार हुने प्राधिकरणको दावी रहेको छ।

स्तरोन्नति पश्चात् गौतमबुद्ध विमानस्थलमा एअरबसको ए ३४० र बोइङको ७७७ सम्मका ठूला जहाज समेत अवतरण गर्न सक्ने छन्। विमानस्थलको स्तरोन्नति सँगै सन् २०२० सम्ममा ६० लाख यात्रु धान्न सक्ने गरी गुरुयोजना निर्माण्ँ हुने प्राधिकरणले जानकारी दिएको छ। नेपालकाे याे दाेस्राे अन्तराष्ट्रिय विमानस्थल हाे। सरकारले यसलाई राष्ट्रिय गाैरवकाे याेजनाभित्र राखेकाे थियाे।

सम्बन्धित शिर्षकहरु