कतार । कतारको दोहा स्थित नेपाली दुतावासमा एक उत्प्रेरणात्मक योग शिविर सम्पन्न भएको छ । संस्कार नेपाल तथा जरोकिलो अन्तराष्ट्रिय महाअभियानको आयोजना भएको कार्यक्रममा आर्चाय राजन शर्मा तथा सकारात्मक सोचका अभियान्ता योग गुरुले विशेष रुपमा योग, ध्यान र मानव उत्प्रेरणका कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
कार्यक्रममा दोहा आसपासका नेपालीहरु,कुटनितीक क्षेत्रका व्यक्तित्वहरु तथा विभिन्न समुदायका मानिसहरुको बाक्लो उपस्थित रहेको थियो । उहाँहरुले जिवन र जगतलाई कसरी बुझने र सरल जिवन कसरी बाच्न सकिन्छ भन्ने विविध कार्यक्रममा भाग लिनु भएको थियो । सहभागिहरुले छोटो समयमा नै स्मृती शक्ति बढाउने मानसिक रुपमा शान्त रहने खालका विभिन्न योगहरुको अभ्यास गर्नुभएको थियो । शिव पुराणवाट प्राप्त विभिन्न योगका आसनहरु त्यसैगरि दुलर्भ योगमुद्राहरु र उत्प्रेरणाका शब्दहरुलाई रुची पूर्वक ग्रहण गर्नुभएको थियो ।
सो कार्यक्रमवाट सयैको संख्यामा रहेका सहभागिहरु लाभन्वित भएका सहभागी राजन लोहनीले बताउनु भयो । त्यसै गरि दुर्गा थापा भन्नुहुन्छ यो कार्यक्रमा आएदेखि मेरो जिवनमा नै परिर्वतन आएको छ । जसले गर्दा म हरेक पटक म राजन शर्माको यो कार्यक्रममा सहभागि भईरहन्छु । यस्तै गरी यो कार्यक्रममा अर्जुन, समिर, गणेश लगायतमा सहभागिले आ आफ्नो धारण राख्नु भएको थियो ।
उहाँहरुले यस्तो कार्यक्रम रहेका देशको युवा युवली र मानव समाजलाई अति आवश्यक भएको बताउनु भयो । संस्कार नेपालले यस्तो कार्यक्रम आयोजना गरेको यो तेस्रो वर्ष हो । दुतावासले भवनको हल उपलब्ध गराएको थियो । दुतावासका कर्मचारीले पनि यस्तो कार्यक्रम गर्न पाएकोमा प्रशंसा गरेका थिए ।
आर्चाय राजन शर्माले हामी जुन देशमा पुगेपछि मानसिक शान्तीको उपलब्धि सबैभन्दा ठूलो कुरा रहेको र जहाँ रहेपनि त्यो उपलब्धिको लागि दत्तचित्त रहनुपर्ने , योग ध्यान, प्रणायाम आर्युवेदिक चिकित्सा आफ्नो देशको धरोहर भएकोले पनि युवाहरुले आफु बन्ने, समाज बनाउने देश र विश्व बनाउनेृ अभियानमा लाग्नु पर्ने प्रवचन दिनु भएको थियो । त्यसैगरि जिवनमा सुख प्राप्तीका लागि मानविय चेतनाका उत्कृष्ट तत्वहरुलाई कसरी उजागर गर्न सकिन्छ भन्ने विषयमा प्रेरणात्मक कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।








