काठमाडौँमा महिलाका लागि छुट्टै बस आउदै

पुस १८, काठमाडौँ- यदि तपाईं महिला हुनुहुन्छ र कोचाकोच यात्री भरिएको बसमा पुरुषको दुर्ब्यबहार खेप्न बाध्य हुनुहुन्छ भने तपाईंका लागि खुशीको खबर छ । सार्वजनिक बसमा भिडभाडमा पुरुषसँगै यात्रा गर्दा महिलामाथि दुव्र्यवहार भएको समाचारहरु सार्वजनिक भइरहेका बेला महिलाहरुका लागि अब छुट्टै बससेवा सञ्चालन हुने भएको छ।

यही पुस २० गतेदेखि बागमती यातायात व्यवसायी संघले महिलाका लागिमात्रै भनेर छुट्टै बस सञ्चालन गर्ने भएको हो।

संघले काठमाडौंको कलंकीदेखि भक्तपुरको बालकोटसम्म चल्ने रुटमा चारवटा बस महिलाका लागिमात्रै चलाउने निर्णय गरेको छ। १४ किलोमीटर लामो यो रुटमा संघका १७ सिटका ४० वटा बस संचालनमा छन् ।

यसरी संचालन हुने बसहरुमा हाललाई चालक भने पुरुष नै भएपनि सहचालक भने महिला रहनेछन्। संघले चालक पनि महिलालाई राख्ने योजना बनाएको छ ।

उपत्यकामा चल्ने सार्वजनिक यातायातका साधनमा पछिल्लो समयमा आएर महिलाका लागि केही सिट छुट्ट्याइए पनि त्यो प्रभावकारी र पर्याप्त छैन।

कोचाकोच बसमा पुरुषसँगै यात्रा गर्नुपर्दा महिलाले दुव्र्यवहार र कठिनाइ भोग्नु परेको छ। यिनै समस्याबाट महिलालाई राहत दिलाउन उनीहरूका लागिमात्र बस चलाउन लागिएको नेपालले प्रस्ट पारे।

राज्यले मात्र नभई व्यवसायीले पनि दायित्वबोध गर्दै राम्रा कामको सुरुआत गर्नुपर्छ भन्ने मान्यताका साथ संघले महिलाका लागिमात्र बस सेवा सञ्चालन गर्न लागेको संघले जनाएको छ ।

सम्बन्धित शिर्षकहरु