कर्णाली नदीमा जीप खस्यो,गाउँपालिकाका उपाध्यक्षसहित १५ जना वेपत्ता

काठमाडौं । कर्णाली नदीमा जीप खस्दा १५ जना वेपत्ता भएका छन्। हुम्लाको खार्पुनाथमा गाउँपालिकाका उपाध्यक्ष सिन्धु हमाल शाहीसहितका यात्रु रहेको जिप सडकबाट कर्णाली नदीमा खसेको हो।

तल्लो खार्पुबाट खार्पुनाथ गाउँपालिकाको केन्द्र याङ्चुका लागि छुटेको लु १ ज ७१६६ नम्बरको जिप बेडुबिसौना भन्ने ठाउँमा पुग्दा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।

सम्बन्धित शिर्षकहरु