दाङ । जिल्लाको सम्राट सिमेन्ट उद्योगको भवन भत्किँदा तीन जना मजदुरको मृत्यु भएको छ । भवन निर्माणका गर्ने क्रममा भवनको भत्कँदा तीन भारतीय मजदुरको मृत्यु भएको उद्योगले जनाएको छ । शनिबार मध्यराति डेढ बजेतिर लमही नगरपालिका वडा नम्बर ७ स्थित उद्योगको निर्माणाधीन भवन भत्किँदा भारत झारखण्ड निवासी ४५ वर्षका मंगल कस्यव, २२ वर्षका दयाल हरेन र ४६ वर्षका साहेबको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख अरुणकुमार सिंहले जानकारी दिए।लमही नगरपालिका ७ स्थित सम्राट सिमेन्ट उद्योगको नयाँ प्लान्ट निर्माणको क्रममा छैटौँ तलाको ‘सट्रिङ’ भत्किएको हो। प्रहरीका अनुसार घटना राति २ बजे भएको हो। घटनामा घाइते भएका अजय हेरेन र नरेन साइवनलाई लमहिमा सामान्य उपचारपछि थप उपचारका लागि बुटवल लगिएको छ। उद्योगका अनुसार ती मजदुरहरूले पाँच तलामाथि भवन निर्माणको काम गरिरहेका थिए ।
सम्बन्धित शिर्षकहरु
मधेसबारे कांग्रेसले सत्तापक्षसँग छलफल गर्दै
मंसिर ५ । काठमाडौं, निर्णायक भनिएको वार्तामा सहभागी नभएको प्रमुख प्रतिपक्षी दल कांग्रेसले वर्तमान समस्या […]
प्रधानमन्त्रीको ब्रिफिङ : मुलुकमा गम्भीर संकट आउन सक्छ, सामना गर्न तयार रहनूस्
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइपर्न सक्ने राजनीतिक संकटको सामना गर्न तयारी अवस्थामा रहन […]
एनआरएनए अष्ट्रेलियाको यस्तो घोषणा
अष्ट्रेलिया, एनआरएनए अष्ट्रेलियाले एक लाख डलरको विद्यार्थी कल्याण कोष (अक्षय कोष) खडा गर्ने भएको छ । एनआरएनए […]
भारतमा कर्मचारीलाई योग मनपराउने प्रधानमन्त्रीसँगै अभ्यास गर्न आग्रह
जेठ, १६। नयाँदिल्ली, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसअघि उच्चपदस्थ कर्मचारी दिउँसोको खानाका लागि लामो […]
‘विकासमा सत्तापक्ष र प्रतिपक्ष हुँदैन’
झापा । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले मुलुकको विकास र समृद्धिमा सत्तापक्ष र […]
लामो रस्साकस्सीपछि जिल्ला नेतृत्व टुंग्याएको नेकपामा फेरी जनवर्गिय संगठन गाँठो,को कता ?
काठमाडौं । लामो समयको रस्साकस्सीपछि जिल्ला नेतृत्व टुंग्याएको नेकपामा फेरी जनवर्गिय संगठन गाँठो परेको छ । […]


