‘विकासमा सत्तापक्ष र प्रतिपक्ष हुँदैन’

झापा । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले मुलुकको विकास र समृद्धिमा सत्तापक्ष र प्रतिपक्ष नहुने बताएका छन् । उनले मुलुकलाई समृद्धिको मार्गमा डोर्‍याउनु नै सरकारको पहिलो प्राथमिकता भएको बताएका छन् ।

बिहीबार झापाको चन्द्रगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले भने ‘विकासमा सत्तापक्ष र प्रतिपक्ष हुँदैन ।’ उनले प्रतिपक्षलाई पनि साथमा लिएर हामी सिङ्गै नेपालको विकासका लागि अघि बढ्ने बताउँदै भने, ‘विचारमा सत्तापक्ष र प्रतिपक्ष हुनसक्छ भन्ने हाम्रो मान्यता हो तर, विकासमा होइन ।’

आफ्नै बजेट, आफ्नै नीति र आफ्नै घोषणाबाट सरकारले समृद्धि र विकासलाई मूर्तरुप दिन खोजेको र अब सरकारको कामको वास्तविक परीक्षण शुरु भएको उनको भनाइ थियो । मन्त्री बाँस्कोटाले भने, ‘यस अघि हामीसँग बजेट अर्कैको थियो । नीति अर्कैको थियो । कार्यक्रम अर्कैको थियो । त्यो खाली समन्वयात्मक थियो, अब त्यस्तो हुँदैन । हामीले तीन महिनाको अवधिमा सरकारले गरेको कामको समीक्षा गरिसकेका छौं ।’

सम्बन्धित शिर्षकहरु