काठमाडौं । बेवारिसे अवस्थामा रहेका बेलायती नागरिक फिलिप माल्कोमको उपचारका क्रममा काठमाडौंमा निधन भएको छ । टेकु अस्पतालबाट वीर अस्पतालमा उपचारका लागि ल्याइएका माल्कोमको नर्भिक अस्पतालमा उपचारको क्रममा माल्कोमको शनिवार निधन भएको हो । नर्भिक अस्पतालले माल्कोमको निधनको पुष्टि गरेको छ ।
२६ मार्चमा नर्भिक पुगेका माल्कोम धेरै खालको रोगबाट पीडित रहेको अस्पतालले जनाएको छ । माल्कोमकमा हेपाटाइस्टिस्ट सी देखिएको थियो र स्वास्थ्यमा सुधार आएपछि एमआइसीयुबाट वार्डमा सारिएको थियो । तर शनिवार विहान एक्कासी रक्तसञ्चार तल झरेको र स्वासप्रस्वासमा समस्या आएपछि उनको निधन भएको उपचारमा संलग्न नर्भिक अस्पतालका चिकित्सकले बताएका छन् ।








