असार २२ । महोत्तरी । घरायसी झगडाको निहुँमा श्रीमती माइत गएपछि महोत्तरीमा एक युवकले पासो लगाएर आत्महत्या गरेका छन् । महोत्तरीको मनरा गाविसमा पत्नी माइत गएको निहुँमा युवकले आत्म हत्या गरेको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा मनरा गाविस–७ बस्ने रामप्रगास साहका छोरा २९ वर्षीय अजय साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
तीनरचार दिनअघि पतिपत्नीबीच घरायसी विवाद भएपछि पत्नी साहलाई छाडेर माइती गएकी थिइन् । साहले मंगलबार बिहान ५ बजे आफ्नै घरको धुरीमा साडीको पासो लगाई झुन्डिएर आत्महत्या गरेको प्रहरी निरीक्षक नरेश महतोले जानकारी दिए । अहिले मृतक युवक साहको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा पुर्याइएको छ ।








