अस्ट्रेलियमा नेपाली र अस्ट्रेलियन विद्यार्थीको ‘ग्याङ फाइट’,एक नेपाली हस्पिटल,अर्को जेलमा

अस्ट्रेलियन । अस्ट्रेलियमा नेपाली र अस्ट्रेलियन विद्यार्थीको ‘ग्याङ फाइट’ भएको छ । सिड्नीको मुख्य सहर टाउन हलमा दुई नेपाली विद्यार्थी दुई अस्ट्रेलियनबीच ‘ग्याङ फाइट’ हुँदा एक जना गम्भिर घाईते भएका छन् । नेपाली विद्यार्थी बाटो काट्ने क्रममा स्थानीय दाजुभाइसँग झगडामा सामेल हुँदा एक जना नेपाली विद्यार्थीलाई गम्भीर चोट लागि हस्पिटलमा भर्ना भएका हुन् । अर्का एक नेपाली विद्यार्थी प्रहरी हिरासतमा पुगेका छन्।

मध्यरातमा बाटो काट्ने क्रममा भनाभन र त्यसपछि हात हालाहालको अवस्थामा पुगेपछि नेपाली विद्यार्थी अनिश शाहीलाई अस्ट्रेलियन स्कुडर दाजुभाइले टाउकोमा मुक्का हान्दा उनको टाउकोमा गम्भीर चोट लाग्नुका साथै रगतसमेत जमेको नाइन न्युजले जनाएको छ ।

स्कुडर दाजुभाइले आफ्नो साथी अनिशलाई आक्रमण गरेपछि उनका साथी मारक लिम्बूले चक्कुले स्कुडर दाजुलाई प्रहार गरेका थिए। घटनालगत्तै प्रहरीले घाइतेलाई उपचारको लागि र झगडालुहरूलाई प्रहरी थाना लगेको थियो।

सम्बन्धित शिर्षकहरु