काठमाडौं । देशका अधिकांश स्थानको मौसम बदली भई देशका धेरै ठाउँमा मेघगर्जनसहित पानी पर्ने भएको छ। मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार शनिवार काठमाडौ उपत्यकामा दिउँसो मौसम बदली भइ पानी पर्नेछ। मौमसविद् मीनकुमार अर्यालका अनुसार काठमाडौमा शनिबार र आइतबार दुई दिन मौसम बदली भइ पानी पर्ने सम्भावना छ।
देशका पश्चिम र पूर्वका धेरै ठाउँको मौसम बिहानैदेखि बदली हुन सुरु भएको महाशाखाले जनाएको छ। पश्चिम र पूर्वका अधिकांश ठाउँमा दुई दिन पानी पर्ने अर्यालको भनाइ छ। देशका अधिकांश पहाडी र हिमाली भागमा हिमपातको पनि सम्भावना छ। पश्चिमी वायुको प्रभावका कारण देशैभरको मौसम बदली सुरु भएको महाशाखाले जनाएको छ।
फाल्गुन १८ गते (शनिवार):-
दिउँसो: देशको पश्चिमी र मध्य भागहरुमा सामान्य बदलि र पूर्वी नेपालमा आंसिक देखि सामान्य बदली रहनेछ | पश्चिमी नेपालका थोरै स्थानहरुमा र अन्य भु-भागहरुका एक दुइ स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ । देशका उच्च पहाडी भु-भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राति: देशभर सामान्यतया मौसम बदलि रहनेछ | पश्चिमी नेपालका केहि स्थानहरुमा र अन्य भु-भागहरुका एक दुइ स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ । देशका उच्च हिमाली भु-भागहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
फाल्गुन १९ गते (आइतवार):-
दिउँसो: देशको पश्चिमी भु-भागमा सामान्य बदलि रहि देशका मध्य र पूर्वी भु-भागमा सामान्य देखि पूर्ण बदलि रहनेछ | पश्चिमी नेपालका थोरै स्थानहरूमा र मध्य र पूर्वी भु-भागका केहि स्थानहरूमा मेघ गर्जन सहितको हल्का बर्षाको सम्भावना छ। देशका उच्च हिमाली भु-भागहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
राति: देशका धेरै जसो स्थानमा आंसिक देखि सामान्य बदलि रहनेछ | पश्चिमी नेपालका एक-दुई स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ
फाल्गुन २० गते सोमवार):-
दिउँसो: देशका धेरै जसो स्थानमा आंसिक देखि सामान्य बदलि रहनेछ | देशका एक-दुई स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ।
राति: देशका धेरै जसो स्थानमा आंसिक देखि सामान्य बदलि रहनेछ | देशका एक-दुई स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ।







