अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाको राजीनामा स्वीकृत

काठमाडौं  ।  सरकारले अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाको राजीनामा स्वीकृत गरेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राजदूत शेर्पाले दिएको राजीनामा स्वीकृत भएको जानकारी दिए ।

मानव तस्करी, श्रम शोषणलगायत विभिन्न विवादमा परेपछि राजदूत शेर्पाले राजीनामा दिएकी थिइन् । परराष्ट्र मन्त्रालयले राजदूत शेर्पासँग स्पष्टीकरणसमेत सोधेको थियो । तत्कालीन माओवादी केन्द्रका तर्फबाट राजदुतमा नियुक्त शेर्पा लामो समयदेखि विवादमा तानिएकी थिइन् । शेर्पामाथि उनका चालकले नै मानव बेचबिखनको आरोप लगाउँदै अष्ट्रेलियन प्रहरीमा उजुरी दिएका थिए ।

सम्बन्धित शिर्षकहरु