काठमाडौं । नेपाल दक्षिण एसियामा सबैभन्दा बढी भ्रष्टाचार हुने देशको तेस्रो स्थानमा परेको छ । ट्रान्परेन्सी इण्टरनेसनलले सार्वजनिक गरेको भ्रष्टाचारको अवधारणा सूचक सीपीआईले नेपाल १ सय ८० देशमध्ये १ सय २४ औं स्थानमा रहेको देखाएको हो । भ्रष्टचार हुने देशहरूमा ५४ औँ स्थानमा परेको छ। दक्षिण एसियामा अफगानिस्तान सबैभन्दा धेरै र बंगलादेश दोस्रो धेरै भ्रष्टाचार हुने देशका रुपमा रहेको प्रतिवेदनमा उल्लेख छ ।
ट्रान्सपरेन्सी इण्टरनेशनलले विश्वका १ सय ८० देशमा भ्रष्टाचारको अवस्थाबारे अध्ययन गरी एकसाथ सीपीआई प्रतिवेदन सार्वजनिक गर्ने गरेको छ । भ्रष्टचार अवधारणा सूचांकमा १०० अंक पाउने देश अति स्वच्छ र ० अंक पाउने अतिभ्रष्टका रुपमा गणना गरिएको छ। नेपालले ३१ अंक मात्रै पाएको प्रतिवेदनमा उल्लेख गरिएको छ।
नेपालले औषत अंक समेत भेट्याउन सककेको छैन। औषत अंक ४३ राखिएकोमा नेपाल त्यसभन्दा १२ अंक कम लिएर धेरै भ्रष्टार हुने मुलुकमा गणना भएको हो। सबैभन्दा कम भ्रष्टचार हुने देशमा ८८ अंक प्राप्त गरी डेनमार्क रहेको छ भने सबैभन्दा बढी भ्रष्टचार हुने देशमा १० अंक प्राप्त गरी सोमोलिया रहेको छ।
कम भ्रष्टाचार गर्ने देशहरूमा दक्षिण एसियाली राष्ट्रमा भुटान पहिलो छ। उसले ६८ अंक पाएर २५ औँ स्थान कायम गरहेको छ। त्यस्तै भारत ४१ अंक प्राप्त गरी ७८, श्रीलंका ३८ अंक प्राप्त गरी ८९ औँ, पाकिस्तान ३३ अंक प्राप्त गरी १७७ औँ, अफगानस्तान १६ अंक प्राप्त गरी १७२ स्थानमा रहेको छ। छिमेकी देश चीन ३९ अंक प्राप्त गरी ८७ औँ स्थानमा रहेको छ। अध्यक्ष रेग्मीका अनुसार राजनीतिक कारणले भ्रष्टाचार घट्न नसकेको पाइएको हो । डेनमार्क विश्वमै कम भ्रष्टाचार हुने देशको पहिलो सूचीमा परेको छ ।








