काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षकी बालिका निर्मलालाई न्याय दिन नसकेको सरकारमाथि व्याङग्य गर्दै उनको न्यायका लागि आवाज उठाएको एक समुहले निर्मलाको पोष्टर बनाएको छ । पोष्टर ठ्याक्कै त्यहि शैलीमा देखिएकी छन् निर्मला, जुन शैलीमा केपी ओली नेतृत्वको सरकारले मंगलबार भव्य तामधामका साथ योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको सुरुवात गर्दा सहरका पोल पोलमा टासेर गरिएको थियो ।
फरक यति मात्र हो ती पोष्टरमा प्रधानमन्त्री केपी शर्मा ओलीको मन्द मुस्कानसहितको तस्बिर र रातो गोलाकारमा नयाँ युगको थालनी भएको सन्देश देखिँन्छन भने यहाँ न्यायको खोजीमा रहेकी निर्मला शान्त देखिएकी छन् । उनको तस्बिरकै आडमा पहेँलो रंगको गोलाकार छ र त्यसमा लेखिएको छ, ‘सरकार भेटियो, न्याय भेटिएन ।’
पोस्टर सायद दिनमा टाँस्न पाएनन् त्यसैले उक्त समुहले रातको समयमा पोष्टर टासेको छ । र निर्मलाका लागि उज्याला पोलहरु पनि पाइएन त्यसैले त जहाँ प्रधानमन्त्रीले मन्द मुस्कान छोड्दै नयाँ युगको थालनी भएको उद्घोष गरिरहेका पोष्टर पोल माथि छ भने त्यहि पोलको तलपट्टि निर्मलाको पोस्टर टाँसिएको छ ।











