काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुर भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तका परिवारले सरकारलाई एक हप्ताको अल्टिमेटम दिएका छन् । आज घरमै पत्रकार सम्मेलन आयोजना गर्दै निर्मलाको परिवारले सरकारले एक साताभित्र हत्यारा पक्राउ नपरे अनिश्चितकालीन धर्ना बस्ने घोषणा गरेका छन् ।
आइतबार बिहान उल्टाखामस्थित घरमा पत्रकार सम्मेलन गरेर बुवा आमासहित परिवारले सरकारले न्याय दिन ढिलाइ गरिरहेको भन्दै साताभित्रमा छोरीको वास्तविक हत्यारा पक्राउ नपरे अनिश्चितकालीन धर्ना बस्ने घोषणा गरेका हुन् ।
‘कात्तिक २५ गतेसम्म वास्तविक हत्यारा सार्वजनिक हुन्छन्, की हुन्न हेर्छौँ’, पत्रकार सम्मेलनमा निर्मलाका बुवा यज्ञराज पन्तले भने, ‘२५ गतेसम्म पनि सरकारले निर्मलाका हत्यारा सार्वजनिक नगरे अनिश्चितकालीन धर्ना थाल्छौं ।’








