देउसी गीतमा जवानी देखाउँदै ज्योती

काठमाडौं, विभिन्न म्यूजिक भिडियोमा उत्तेजक हाउभाउ दिएर चर्चामा आएकी ज्योती मगर अभिनित नयाँ भिडियो सार्वजनिक भएको छ ।

जताततै मखमली फूल्यो‘बोलको देउसी गीतमा ज्योतीले मोडलिङ गरेकी हुन्। थमन परियार, मुना थापा मगर र प्रेमसागर पौडेलेको स्वर रहेको उक्त गीतमा शिब बिक र ज्योतीले मोडलिङ गरेका छन् ।

देउसी, भैलो जस्ता चाडको अवसरमा हरेक वर्ष नेपाली कलाकारले गीत संगीत तयार पार्ने गर्छन् । तर, केही भिडियो गीतको भाव र पर्वको मर्म विपरित बनेको गुनासो पनि आउने गरेको छ ।

देउसी गीतको भाव अनुसार अभिनय गरेको धारणा राख्ने ज्योतिले सबै गीतमा बोल्ड हुन जरुरी नरहेको प्रतिक्रिया दिइन् ।
भिडियोः

सम्बन्धित शिर्षकहरु