सरकार र डा. केसीबीचको वार्ता फेरी असफल

काठमाडौं । २६ दिनदेखि अनसनरत प्रा.डा.गोविन्द केसीका प्रतिनिधी र सरकारी वार्ता टोलीबीचको वार्तामा असफल भएको छ । डा. केसीले उठाएका मागहरुप्रति सरकारी पक्षले खासै चासो नदिएको भन्दै केसीपक्षका वार्ता टोलीले अब आफूहरुले दिएको सूचीका आधारमा सुधारसहित चिकित्सा शिक्षा विधेयक पास गर्ने प्रतिवद्धता आएपछि मात्र वार्तामा बस्ने समेत बताएका छन् ।

सरकार र डा. केसीको वार्ता टोलीबीच सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा आज भएको दोस्रो पटकको वार्ता पनि असफल भएको हो । मंगलबार नै वार्ता हुने संकेत देखिएपनि बुधबार भएको वार्ता समेत असफल हुन पुगेको हो ।

डा केसीले विधेयकका २५ वटा बुँदामा संशोधन गर्नुपर्ने माग राखेका छन् । तर, सरकारी टोलीले भने विषय प्रवेश नै गर्न नचाहेकाले वार्ताए वार्ता बिनानिष्कर्ष टुंगिएको हो ।

डा केसी तर्फका वार्ता टोली संयोजक डा अभिषेकराज सिंहका अनुसार सरकारी पक्ष गैर जिम्मेवार र संवेदनहिन हुँदा वार्ता असफल भएको आरोप लगाएको छ । डा. केसीको २६ दिन अनसनमा बसीरहँदा उनको अवस्था साह्रै नाजुक भइसकेको अवस्थामा पनि सरकारी पक्ष चरम गैर जिम्मेवार र संवेदनविहीन हुँदै विधेयक सम्बन्धी दफागत छलफलमा सार्थक रुपमा प्रवेश नगरी अलमलमै रहेका कारण डा. केसीको स्वास्थ्यमा अपूरणीय क्षति पुग्ने अवस्था आइसकेको उनले बताए ।

उनले डा. केसीले वार्ताका लागि लिएको लचकताको खिल्ली उडाइएको बताए ।

सम्बन्धित शिर्षकहरु