मंसिर १६ । काठमाडौ,सरकारले थप ६१ वटा नयाँ नगरपालिका घोषणा गर्ने भएको छ ।यो सँगै नेपालमा नगरपालिकाको संख्या १ सय १९१ पुगेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद्को विकास समितिको बैठकले प्रस्तावित ६७ मध्ये ६१ नगरपालिका घोषणा गरेको गरेको हो।
यसअघि सरकारले ७२ वटा नयाँ नगरपालिका थप गरेको थियो।
प्रस्तावित नयाँ नगरपालिकाहरुमा बराको कलैया, बबइ, स्याङ्जाको गल्याङ, तनहुँको भिमाद् र भानु तथा ललितपुरको बज्रबाराहीलाई थप
अध्ययनका लागि केही समयका लागि रोकेको उपप्रधान तथा स्थानीय विकास मन्त्रीका प्रेस सल्लाहकार युपी लामिछानेले जानकारी दिएका छन्।








