
काठमाडौं । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको खजुरामा पर्ने माथिल्लो कर्णाली जलविद्युत आयोजनाको कार्यालयमा अज्ञात समूहले वम विष्फोट गराएको छ । माथिल्लो कर्णाली जलविद्युत आयोजनाको निमार्ण जिम्मा पाएको भारतीय कम्पनी जिएमआरको कार्यालयमा बम विष्फोट भएको हो । शनिबार राति करीब साढे १० बजे अज्ञात समूहले प्रेशरकुकर बम विष्फोट गराएको र बिस्फोटबाट कुनै मानवीय तथा भौतिक क्षती भने नभएको बताइएको छ ।
अरुण तेस्रोमा पनि गएराति विष्फोट भएको सूचना आफुहरुले पाएको जिल्ला प्रहरी कार्यलय संखुवासभा प्रहरीले जनाएको छ । घटना नेत्रविक्रम चन्द विप्लव नेतृत्वको हात रहेको हुन सक्ने अनुमान गरीएपनि पार्टीले घटनाको कुनै औपचारिक जिम्मा भने लिएको छैन ।








