सोमपाल र ज्ञानेन्द्रले बनाए नयाँ रेकर्ड

काठमाडौं । नेपालका बलर सोमपाल कामी अन्तर्राष्ट्रिय एक दिवसीयमा क्रिकेट प्रतियोगितामा पहिलो विकेट लिने नेपाली खेलाडी बनेका छन् । सोमपालले तेस्रो ओभरको तेस्रो बलमा नेदरल्याण्डका ओपनर ब्याट्सम्यान ड्यानियल टेर ब्राकलाई बोल्ड आउट गर्दै अन्तर्राष्ट्रिय एक दिवसीयमा क्रिकेटमा पहिलो विकेट लिने नेपाली खेलाडी बनेका हुन् ।

यसैगरी ज्ञानेन्द्र मल्लले पहिलो अन्तर्राष्ट्रिय एक दिवसीय खेलमा नेपालका तर्फबाट पहिलो अर्धशतक प्रहार गर्ने कीर्तिमान बनाएका छन् । ओपनिङ ब्याट्म्यानका रूपमा मैदान आएका मल्लले आठ चौकाको मद्दतले ५६ बल खेल्दै अर्धशतक पूरा गरेका हुन् । उनी ५१ रनमा आउन भए ।

सम्बन्धित शिर्षकहरु