‘जुम्लामा गोली चलेको छैन,बोतल प्रहारले घाईते प्रहरी जवान जीवित छन्’:प्रहरी

काठमाडौं । जुम्लामा अनसनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउने क्रममा जुम्ला अस्पतालमा भएको झडपका क्रममा गोली चलेको भन्ने कुरा निराधार भएको प्रहरी प्रधान कार्यालयले स्पष्ट पारेको छ । जुम्लामा गोली चलेको भनेर भइरहेको प्रचारलाई खण्डन गर्दै प्रहरीले गोली नचलेको स्पष्ट पारेको हो ।

प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक ९डीआईजी० सुरेशविक्रम शाहले जुम्लामा मिडियामा आएजस्तो गोली नै नचलेको बताए । ‘त्यहाँ आन्दोलनकारीले ढुंगामुढा प्रहार गरे । शीशाका बोतल प्रहार गरे र प्रहरी कमल आचार्य घाइते भए,’ उनले भने, ‘अहिले उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अपरेसन थिएटरमा उपचार जारी छ ।’ घाइते आचार्यको अवस्था चिन्ताजनक रहेको उनले बताए ।

‘जुम्लामा गोली चलेको छैन, तर प्रदर्शनकारीको सिसा र किला प्रहारले प्रहरी जवान कमल आचार्य गम्भीर घाइते छन्’ ।

बिहीबार बिहान केसीलाई काठमाडौं ल्याउन नेपाली सेनाको हेलिकोप्टर गएपछि अस्पतालमा स्थानीय र विद्यार्थीले अवरोध गर्दा स्थिति तनावपूर्ण भएको थियो । अस्पताल प्रशासनले गोली चलेको अपुष्ट दाबी गर्दै आएपछि गृह र प्रहरी प्रधान कार्यालयले त्यसलाई अस्वीकार गरेको हो ।

सम्बन्धित शिर्षकहरु