ट्रम्पले विवादित प्रवासी नीतिमा परिवर्तन गरे, प्रवासी परिवार सँगै बस्न पाउने

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अवैध आप्रवासी सम्बन्धी आफ्नो एक नीतिबाट पछि हटेका छन् । अवैध आप्रवासीलाई उनीहरुका बच्चाबाट अलग नगर्ने निर्णयमा ट्रम्पले हस्ताक्षर गरेका छन् । उनका अनुसार अब प्रवासी परिवार एकसाथ बस्न पाउने छन् ।

ट्रम्पको उक्त निर्णय अनुसार अब अवैध प्रवासी परिवारलाई एकैसाथ हिरासतमा राखिनेछ । यद्यपी, यदि आमा–बुवालाई हिरासतमा राख्दा बच्चामाथि गलत प्रभाव पर्ने आशंका रहे उनीहरुलाई भिन्न राखिनेछ । उक्त निर्णयमा बच्चालाई आमाबुवासँग कति समयका लागि अलग राखिने भन्ने बारे बताइएको छैन । साथै ट्रम्पको यो आदेश कहिलेदेखि लागू हुनेछ, त्यो पनि स्पष्ट छैन ।

आदेशमा आप्रवासनका ती मामलालाई प्राथमिकताले लागु गर्न आदेश दिइएको छ जसमा एकै परिवारका थुप्रै परिवारलाई हिरासतमा राखिएको छ । आमाबुवाबाट अलग्गिएका बच्चाहरुको तस्वीर हेरेर आफ्को मन पग्लिएको ट्रम्पले बताएका छन् । त्यसैले यो पछिल्लो निर्णय लिइएको हो । उमेरिकी राष्ट्रपति ट्रम्पले भनेका छन्, ‘म आफै परिवारबाट अलग भएको देख्न चाहँदैन । मेरी पत्नी मेलानिया र छोरी इवान्का पनि परिवार सँगै रहनुपर्छ भन्ने कुरामा समर्थन गर्दछन् ।’

ट्रम्पका अनुसार उनकी श्रीमती मेलानिया ट्रम्प र छोरी इभांका पनि परिवारलाई सँगै राख्ने विषयलाई समर्थन गर्छन् । मिडिया रिपोर्टका अनुसार मेलानिया र इभांकाले ट्रम्पमाथि प्रवासीका लागि बनाइएका विवादित कानूनमा लचिलो हुन दबाब दिइरहेका थिए ।

पूर्वराष्ट्रपति बराक ओबामाले पनि ट्रम्प प्रशासनको पछिल्लो निर्णयको स्वागत गरेका छन् । पूर्व राष्ट्रपति ओबामाले फेसबुक पोष्टमा शरणार्थी र प्रवासीलाई स्वागत गर्ने तरिका खोज्नु नै अमेरिकाको परम्परा भएको बताएका छन् ।

सम्बन्धित शिर्षकहरु