सिड्नीमा योग तथा ध्यानसँग सम्बन्धित विशेष उत्प्रेणात्मक कार्यक्रम भब्यताका साथ सम्पन्न

महेश्वर शर्मा- सिड्नी अष्ट्रेलिया- रुपन्देही सामाजिक सञ्जाल अष्ट्रेलियाको आयोजनामा सिड्नीमा योग तथा ध्यान संग सम्बन्धित एक विशेष उत्प्रेणात्मक कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ।  विश्व योग दिवसको शेरोफेरो पारेर गरिएको सो कार्यक्रममा खुसी हुने कला ‘नामको सो योग तथा रुपान्त्रण कार्यक्र्ममा कम समयमा बढी लाभ लिन सकिने योग आसन , जीवनलाई सुखि पार्ने सुत्र , संगितमय मनोचिकित्सा , योग विज्ञानका दिव्य सूत्र सो कार्यक्रमको प्रमुख आकर्षण रह्यो। योगाचार्य तथा उत्प्रेरक वक्ता आचार्य राजन शर्माले सो कार्यक्रममा प्रवासको यो व्यस्त जीवनलाई सरल कसरि बनाउने साथै ,अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थिहरुको जिवन यापनलाई कसरि सरल बनाउने भन्नेपक्षमा उत्प्रेणात्मक प्रस्तुती दिनुभयो।

 

सो कार्यक्रममा आचार्य राजन शर्माले योगका विभिन्न आशनहरु गराई ध्यान समेत गराउनुभयो। सो कार्यक्रममा हांस्य योग समेत गरियो। हांस्य योगमा सबै दर्शकहरुको हाँसोको फोहोराले हल गुन्जायम भएको थियो। संगितमय मनोचिकित्सा अन्तर्गत गरिएको योग सबैले मन पराए संगितमा नृत्य गरिएको सो योग अत्यन्तै फलदायी रह्यो।

मानिसलाई तनावले गालीरहेको समयमा यस्तो पृथक कार्यक्रमले तनावलाई न्यूनिकरण गर्न मद्दत पुग्ने सहभागि थूप्रै उपस्थित महानुभावहरुले प्रतिक्रिया दिए। म्यारिकभिल स्थित PCYC Club ,Marrickvilleमा १७ जुन २०१८ आईतबार सम्पन्न सो कार्यक्रममा गैर आवासिय नेपाली संघ अष्ट्रेलियाका उपाध्यक्ष तथा एनएसडब्लु स्टेट केर्डिनेटर नन्द गुरुङ्ग, गैर आवासिय नेपाली संघ अष्ट्रेलियाका सचिव देव गुरुङ्ग,अविभावक समाज कोग्राका संयोजक वोध विक्रम दवाडी, पूर्वसंयोजक नानीबाबु ब्रतौला,नेपाली समुदायका अगुवा डा. नारायण प्रधान,नेपाली युथ फोरम अष्ट्रेलियाका अध्यक्ष सागर अधिकारी,अविभावकको तर्फबाट महालक्ष्मी राज भण्डारी,लक्ष्मण कंडेल,यम शाह,एनआरएनएबाट प्रकास पौडेल समाजसेवी रामजी विष्ट,लेखनाथ पन्त लगायत नेपाली समुदयको बाक्लो उपस्थित रहेको थियो।

सो कार्यक्रममा बोल्दै  गैर आवासिय नेपाली संघ अष्ट्रेलियाका उपाध्यक्ष तथा एनएसडब्लु स्टेट केर्डिनेटर नन्द गुरुङ्गले यस्ता कार्यक्रमहरुले नेपाली समुदायमा सरल जीवन जीउनको निम्ती मद्दत पुर्याउने साथै यस्ता कार्यक्रमहरु सबैले अवलम्बन गर्नु पर्नेमा जोड दिनुभयो ।  गैर आवासिय नेपाली संघ अष्ट्रेलियाका सचिव देव गुरुङ्गले यस्ता कार्यक्रमहरु सदैव गरिनुपर्नेमा जोड दिनुभयो। रुपन्देही सामाजिक सञ्जाल अष्ट्रेलियाका अध्यक्ष कृष्ण गैरेले कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने प्रमुख वक्ता आचार्य राजन शर्मा तथा सबै महानुभावहरु प्रति आभार प्रकट गर्दै धन्यबाद दिएका थिए। परेपकारी संस्था रुपन्देही सामाजिक सञ्जाल अष्ट्रेलियाले  विगतमा पनि थूप्रै सामाजिक कार्य गर्दै आएको छ।

सो कार्यक्रम संस्थाका  महासचिव महेश्वर शर्माले संचालन गरेका थिए। सो कार्यक्रमलाई सफल बनाउन संस्थाका तर्फबाट संस्थाका संरक्षक राज खनाल, कोषाध्यक्ष रोशन कोईराला,परियोजना संयोजक मुक्तिराम पोखरेल,सदस्य दिवाकर काफ्ले,विप्लव सापकोटा,चुन्ना क्षेत्री,यूथ कार्डिनेटर दिपेन्द्र भण्डारी,सल्लाहाकारहरु,भिष्म भण्डारी,रामजी विष्ट,प्रेस सल्लाहाकार टिका कार्कि तथा सामाजिक व्यक्तित्व विसम गौतम आशिष अधिकारी, कमल चापागाईं लगायतको सहयोग रहेको थियो।

 

 

सम्बन्धित शिर्षकहरु