अष्ट्रेलिया । अष्ट्रेलियाको फेयरवर्क कमिसनले न्युनतम तलबमा वृद्धि गरेको छ । न्युनतम तलबमा ३.५ प्रतिशतले वृद्धि गरिएको हो।
न्युनतम तलबमा एक हप्तामा २४.३० डलर वृद्धि भइ एक हप्ता ( ३८ घण्टा ) को न्युनतम तलब अब ७१९.२० डलर हुनेछ । जस अनुसार, अबको न्युनतम तलब एक घण्टाको १८.९३ डलर हुनेछ ।
यो नियम आगामी जुलाई १ देखी लागु हुने बताइएको छ । ट्रेड युनियनले एक हप्तामा ५० डलर बढाउन माग गरेको थियो भने कम्पनी तथा संस्थाहरुले १३ डलर मात्र बढाउन अनुरोध गरेका थिए। फेयरवर्क कमिसनले यी दुई मागलाई र अष्ट्रेलियाको महंगीलाई ध्यानमा राख्दै २४.३० डलर बढाएको छ ।
विस्तृत जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ।
-himalayankangaroo








