काठमाडौ । सुन तस्करी र सनम शाक्य हत्या मुद्दामा अभियोग पुष्टि गर्ने भरपर्दो प्रमाण नभएको भन्दै प्रतिवादीका वकिलले अभियुक्तहरूलाई साधारण तारिखमा छाड्न माग गरेपछि सरकारी वकिलले त्यसको खण्डन गर्न छलफल थालेका छन् ।
प्रतिवादीतर्फबाट थुनछेक बहस गरेका ४५ भन्दा बढी कानुन व्यवसायीले उक्त प्रकरणमा गरिएको अनुसन्धान नै त्रुटिपूर्ण र पूर्वाग्रही भएको तर्क गरिरहँदा सरकारी वकिल प्रभावकारी बहसको तयारीमा जुटेका हुन्, आजको कान्तिपुरमा खबर छ ।
अभियोग पुष्टि गर्ने खालका तथ्यसहित प्रत्युत्तर बहस नगरे अधिकांश अभियुक्त तारिख वा धरौटीमा मुक्त हुन सक्ने भएकाले उनीहरू थप दसी प्रमाण जुटाउने योजनामा छन् । अपराधमा संलग्नहरूलाई फेला पार्न उनीहरूकै समूहमा सहभागी भएजस्तो गरेर ‘अन्डर कभर अप्रेसन’ गरिएको भनिए पनि हत्या घटनापछि प्रहरीले दिएको प्रतिवेदनमा मुख्य अभियुक्तबारे उल्लेख नगरिएको विषयलाई उनीहरूले प्रमुखतासाथ इजलाससमक्ष राख्ने भएका








