
एजेन्सी । ओप्पो ग्लोबल रिसर्च ईन्स्टिच्यूट (शेन्जेन) कम्पनीले थ्रीडी स्ट्रक्चर्ड लाइट प्रविधिको प्रयोग गरी विश्वकै पहिलो ५जी भिडियो कल ‘डेमो’ को सफल परिक्षण गरेको छ। रिमोट रिसिभरमा ओपोको एक फोनमा निहित स्ट्रक्चर्ड लाइट थ्रीडी क्यामेरा र क्वालकम टेक्नोलोजिद्वारा विकसित ५जी एनआर टर्मिनल प्राटोटाइप मार्फत थ्रीडी पोट्र्रेट छवि प्रकाशित गरेको हो।
नवप्रबर्तनात्मक प्रविधिको सफल परिक्षणलाई ५जी प्रविधिको औद्योगिकरुपमा वास्तविक अभ्यासहरुमा उतार्ने र उपयोगिताका बारेमा जान्ने कार्यमा नयाँ कोशेढुंगाका रुपमा लिइएको छ।
ओपोद्वारा आयोजना गरिएको थ्रीडी स्ट्रक्चर्ड लाइट प्रविधि मार्फत ५जी भिडियो कल परिक्षणका लागि स्ट्रक्चर्ड लाइट क्यामेरा सहितको कस्टमाइज्ड ओपो आर११एसको प्रयोग गरिएको थियो। परिक्षण मार्फत आरजीबी र फोनको स्ट्रक्चर्ड लाइट क्यामेराको प्रयोगद्वारा लक्षित विषयको रंग र थ्रीडी डेफ्ट ईन्फरमेसन संकलन गरिएको थियो । यसरी संकलित सुचना, ५जी वातावरणमा ट्रान्समिट गरी अन्त्यमा लक्षित विषयलाई रिमोट डिस्प्ले स्क्रिनमा प्रस्तुत गरिएको थियो।








