काठमाडौं । सुनको भाउ आजपनि ओरालो लागेको छ । अघिल्ले दिनको तुलनामा आज सुनको भाउ तोलामा ३ सय रुपैयाँ घटेको छ । सुन विहीबार तोलाको ५८ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार तोलामा २ सय रुपैयाँ घटेको सुनको भाउ विहीबार फेरि ३ सय रुपैयाँ घटेको हो । यस्तै चाँदी तोलामा ५ रुपैयाँ घटेर तोलाको ७ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ ।







