भदौ ५, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा बुधबार भारतको राजकीय भ्रमणमा जाने भएका छन् । देउवा सँगसँगै उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महारा अन्य मन्त्रीहरुका साथै कही सांसदहरु पनि भ्रमणमा सहभागी हुनेछन् । परराष्ट्र मन्त्रालयले सोमबार प्रधानमन्त्री देउवाको ५ दिने भ्रमण तालिका सार्वजनिक गरेको छ । उनको बिहीबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । भारतमा उनलार्इ राष्ट्रपति भवनमा राखिने छ र बिहीबार नै उनलार्इ गार्ड अफ अनर प्रदान गरीनेछ ।
सोहि दिन उनले राष्ट्रपति रामनाथ कोविन्द र उपराष्ट्रपति बेंकैया नायडूसँग शिष्टचार भेट गर्ने र देउवाको सम्मानमा भारत सरकारका केही वरिष्ठ मन्त्रीहरु सहभागीमा मोदीले दिवाभोज दिने प्रधानमन्त्री कार्यलयले बताएको छ । भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले नेपाली समुदायका साथै भारतीय उद्योगीहरुसँग अन्तरक्रिया गर्ने र तलंगना, आन्द्र प्रदेश र बिहार राज्यको भ्रमण गर्ने कार्यक्रम पनि रहेको छ ।








