मंसिर १५ र १६ गते त्रिभुवन विमानस्थल प्रवेशमा रोक

काठमाडौं । मंसिर १५ र १६ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले प्रवेशमा रोक लगाउने भएको छ । काठमाडौंमा आयोजना हुने एसिया प्यासिफिक सम्मेलनका क्रममा विमानस्थलले यात्रुबाहेक अन्यलाई विमानस्थल प्रवेशमा रोक लगाउने जनाएको छ ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै विमानस्थलले दुई दिन यात्रुबाहेकलाई प्रवेश नदिइने जानकारी गराएको हो । यात्रु अशक्त वा बिरामी भएको अवस्थामा उसको सहयोगी एक जनासम्म जाने सक्ने महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए ।

सवारीसाधनहरुलाई पनि जहाज अवतरणको ५ देखि १० मिनेट अघि यात्रुको सम्पर्कमा मात्र भित्र छिर्न दिने विमानस्थलले जनाएको छ ।

सम्बन्धित शिर्षकहरु