मोरङमा माटोको ढिस्कोले पुरिएर एकको मृत्यु

कार्तिक ११ । पथरी,मोरङको सिसबनी बडहरा वडा नं २ मा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्युभएको छ।

माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएको अवस्थामा उद्धार गरिएका ५० वर्षीय हरिनारायण चौधरीको उपचारका क्रममा सोमबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

माटोको ढिस्कोले पुरिएको अवस्थामा स्थानीयले फेला पारेका चौधरीलाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो ।

सम्बन्धित शिर्षकहरु