दीपायल सिलगढी नगरपालिकामा २० मतपत्र गायब हुँदा मतगणना स्थगित

असार १९,डोटी । दीपायल सिलगढी नगरपालिकाको ९ नं वडाका ३ वटाबुथका २० वटा मतपत्र गणना गर्दा नभेटिएपछि ९ नं वडाको मतगणना रोकिएको छ । उक्त वडामा जम्मा एक हजार ८८ मत खसेका थिए जसमध्ये २० वटा मतपत्र हराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । वडा नं ८ सम्मको मतगणना भइसक्दा नेकपा (एमाले)की प्रमुख उम्मेदवार मन्जु मलासीले तीन हजार ८७२ मत प्राप्त गर्नुभएको थियो भने उपप्रमुखमा शिवराज खड्काले चार हजार ४६ मत प्राप्त गर्नुभएको थियो । नेपाली काँग्रेसका प्रमुखका उम्मेदवार विजय खड्का (बाजी) ले तीन हजार ८५७ मत प्राप्त गर्नुभएको थियो भने उपप्रमुखमा प्रोसिस महराले तीन हजार ७८३ मत प्राप्त गर्नुभएको थियो ।

सम्बन्धित शिर्षकहरु