अष्ट्रेलिया, नेपाली संघिय समाज अस्ट्रेलियाले सरकारले नेपालमा जारी मधेस आन्दोलनलाई सम्बोधन नगरी संघीयता समाप्त पार्ने चाल चलेको आरोप लगाएको छ ।
समाजको मिति १७ नभेम्बर २०१५ का दिन बसेको बैठकले यस्तो निष्कर्ष निकालेको हो । बैठकको जानकारी गराउँदै समाजका अध्यक्ष गणेश तामाङले
करिब ४ महिना देखि चलिरहेको मधेस आन्दोलनले गरेको नाकाबन्दीलाई, भारतले गरेको भन्नेजस्ता जिद्दी पूर्ण आरोप लगाई संघीता बिरोधीहरूको गठबन्धन सरकारले मधेस आन्दोलन तुवाउन खोजेको मात्रा नभई संघीयतालाई नै सफल हुन नदिने चाल हो भनि आसंका गरेको बताएका हुन्।
त्यसैगरी तामाङले विभिन्न नाकाबाटा दैनिक भारतबाटा मात्र ३० हजार लिटर इन्धन नेपाल भित्रेको र सो इन्धन दशाँै लाख कमिसन खाएर तस्करको हातमा सुम्पी कृतिम अभाब खडा गरेर जनतालाई दुःख भोग्न बाध्य गराएको बताए ।
साथै बैठकले नाका बन्द मधेस आन्दोलनबाट भयको हुँदा नेपाल–भारत सम्बन्ध बिग्रनेगरी भारतलाई दोषारोपण गर्नु नाजायज भएको बताउँदै मधेसको मुद्दा समाधान गरि नाका खोल्ने काम गर्न सरकालाई आग्रह गरेको छ ।
यस्तै मधेसको मुद्दा समाधान भएपछि पनि नाका अबरोध कायमै रह्यो भने भारतलाई नाकाबान्दी हामीले गरेका होइनौं भन्ने बाटो नरहने भएकाले आन्दोलनको छिटो समाधान खोज्न समाजले आग्रह गरेको हो ।








