तिब्बत सरकार प्रमुख नेपाल भ्रमणमा आउदै

कार्तिक १० ।काठमाडौं, उत्तरी छिमेकी चीनको स्वशासित क्षेत्र तिब्बतका अध्यक्ष लियो साङ जियाङ सुन आज नेपाल आउदै हुनुहुन्छ ।

नेपालको चार दिने भ्रमणका लागि पाँच उच्च पदाधिकारीसहित एक दर्जन अधिकारीको नेतृत्व गर्दै उहा नेपाल आउन लाग्नु भएको हो ।

तिब्बत विरोधी गतिविधी र सुरक्षाको मामिलामा निकै चनाखो रहेको चीनका तर्फबाट यस प्रकारको उच्चस्तरीय भ्रमण नेपालतर्फ लगातार रुपमा भइरहेको छ ।

परराष्ट्र मन्त्रालय उच्च स्रोतका अनुसार एक चीन नीतिमा अडिग नेपालमा पनि तिब्बतको विषयलाई लिएर विदेशीहरुको गतिविधी बढेको भनिरहेको अवस्थामा उनको नेपाल भ्रमण हुन लागेको हो ।

परराष्ट्र स्रोतका अनुसार जियाङले राष्ट्रपति रामबरण यादब, प्रधानमन्त्री सुशील कोइराला, उपप्रधानमन्त्री तथा गृहमन्त्री बामदेव गौतम, मन्त्रीहरु र राजनीतिक दलका नेताहरुसंग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
उहाले यहाँ रहदा लुम्विनी र पोखराको भ्रमण समेत गर्ने कार्यक्रम रहेको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता खगनाथ अधिकारीले जियाङको यो भ्रमणमा खासै एजेण्डागत विषयमा छलफल नहुने जानकारी दिनु भयो ।

उपप्रधान नथा गृहमन्त्री बामदेव गौतम गत साता चीन भ्रमणमा रहदा पनि उहासंग भेटवार्ता भएको थियो । “मित्र मुलुकहरुबीचमा यस्तो भ्रमण भइरहनु राम्रो हो’ भन्दै उहाले भन्नु भयो, ‘तिब्बत नेपालको उत्तरी सीमा जोडीएको भूभाग र विकासमा उल्लेख्य प्रगती समेत गर्दै गएको अवस्थामा यस्ता भ्रमणहरु मुलुकको हितका लागि महत्वपूर्ण रहन्छ ।”

ल्हासाबाट सिगात्सेसम्म रेल समेत संचालनमा आएको र त्यो रेल लुम्विनीसम्म जोडीदिन नेपाल सरकारले आग्रह समेत गरिरहेको अवस्थामा उहाको यो भ्रमणलाई नेपाल सरकारले पनि महत्व दिएको छ ।

सम्बन्धित शिर्षकहरु